छापा खबर


तत्कालिन गृहमन्त्री कृष्ण सिटौला आलमको बचाउमा

तत्कालिन गृहमन्त्री कृष्ण सिटौला आलमको बचाउमा

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ०:३४,

१२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुनसक्ने त्रासमा छन्।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै पीडित परिवार त्रासले पिरोलिएका खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

तर, तत्कालिन गृहमन्त्री एवं कांग्रेस नेता कृष्ण सिटौलाले भने नरसंहारका आरोपी आलमको बचाउ गरेका छन्।

१२ वर्षपछि पक्राउले आफू अचम्मित भएको सिटौलाको भनाई छ।

सिटौलाको भनाई यस्तो छः

कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई घटनामा जोडेर १२ वर्षपछि पक्राउ गरिएको विषयले अचम्मित छु। म गृहमन्त्री छँदा अहिले आएको घटनाबारे सम्झना पनि छैन।

प्रहरीले घटनाको जानकारी गराउने हो। तर, अहिले मिडियामा आए जस्तो घटनाबारे मलाई जानकारी गराइएको सम्झना छैन। अपराधमा गृहमन्त्रीले नभएर प्रहरीले अनुसन्धान गर्ने हो।

संविधानसभा निर्वाचनपछि ९ वटा सरकार बनिसक्दा यो विषय चर्चामा नआउनु र अहिले एकाएक आउनुले आश्चर्यमा परेको छु।

अदालतको निर्णय नआएसम्म आलमलाई दोषी करार गर्न सक्दैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad