छापा खबर


मुलुकको वाह्य अवस्था संकटमा

मुलुकको वाह्य अवस्था संकटमा

नेपालखबर
असार ५, २०७६ बिहिबार ०:३,

मुलुकको वित्तिय सन्तुलनको अवस्था नाजुक बन्दै गएको देखिएको छ।

मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको खबर आजको कारोबार दैनिकले छापेको छ।

चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा मुलुकको शोधनान्तर घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ अर्ब २७ करोड रुपैयाँले बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

गत आवको वैशाखसम्ममा मुलुकको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाखको घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad