छापा खबर


आलम प्रकरणः घाइतेलाई जिउँदै पोल्न ट्रयाक्टरमा इँटाभट्टा तर्फ लैजाँदा प्रहरीको स्कर्टिङ !

आलम प्रकरणः घाइतेलाई जिउँदै पोल्न ट्रयाक्टरमा इँटाभट्टा तर्फ लैजाँदा प्रहरीको स्कर्टिङ !

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ०:२४,

मोहम्मद अफताव आलमको गाउँ रौतहटको फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्सपेक्टर इन्द्र सुवेदी।

२७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो। घटना के कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो।

तर, राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भएको खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामी र विनोद विष्टले लेखेका छन्।

आफ्नो इलाकामा भएको भयानक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्जलाई राति नै गौर पठाइयो।

लगत्तै उनको ठाउँमा इन्सपेक्टर राजिब बस्नेत गए।

तर बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्ने तर्फ लागे।

अहिले डिएपीको रुपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घटनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए।

बम विस्फोट गराएर जनता भगाउने र बुथ कब्जा गरेर चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको स्थानीयको भनाई छ।

विस्फोटमा थुप्रै युवा घाइते भए। घाइतेलाई उपचार गर्नुको सट्टा राति नै जिउँदै इँटाभट्टामा हालेर पोलिएको थियो।

सबैभन्दा भयानक विषय त के छ भने राति १० बजे इन्सपेक्टरको सरुवा भएको छ, ११ बजे घाइतेलाई ट्रयाक्टरमा हालेर इँटाभट्टातर्फ लगिएको छ।

अझ प्रत्यक्षर्शी मसमुल मियाँले भनेका छन्, ‘ट्रयाक्टरलाई प्रहरीको गाडीले स्कर्टिङ गरेको थियो।’

यो दृश्यले प्रहरीको नेतृत्वहरु अनुसन्धान फितलो बनाउन मात्र होइन, घटनामा आफैँ संलग्न भएको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad