छापा खबर


आलमको अपराध प्रकरणः २४ घण्टा नबित्दै बोली फेरे देउबाले

आलमको अपराध प्रकरणः २४ घण्टा नबित्दै बोली फेरे देउबाले

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार ०:२,

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलीपल्टै विज्ञप्ती जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकाका विरुद्ध आक्रमक अभिव्यक्ति दिएका थिए।

१२ वर्षको मुद्दा ब्यूँताएर सरकारले कांग्रेसविरुद्ध षडयन्त्र गरेको भन्दै आलमको बचाउमा उत्रिएपछि देउवाविरुद्ध सर्वत्र आलोचना भएको थियो।

शनिबार विज्ञप्ति मार्फत देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्चाएका हुन्। ‘कुनैपनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।’

कानूनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने देउवाले प्रष्ट पारेका छन। ‘महोम्मद आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ’ देउवाले भनेका छन,‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad