छापा खबर


जग्गाको मालिक महिला भएको गाउँ

जग्गाको मालिक महिला भएको गाउँ

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ४:११,

बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन्। सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाकै नाममा छ।

त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ। नेपालगन्जबाट करिब ७ किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ।

उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताइन्।

सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिइन्। आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उनले श्रीमतीलाई अधिकारसम्पन्न बनाएको बताए।

बन्जारेगाउँका अधिकांश पुरुष मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको। जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन्। यो खबर आजको गोरखापत्रमा सिराजुद्दिन खानले लेखेका छन्।

स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुँदाहुँदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुसी भएको बताइन्। ससुराले आफूलाई छोरीसमान व्यवहार गरेको पनि उनले बताइन्।

बन्जारेगाउँकी ५४ वर्षीया फातिमा वागवान पनि एक कट्ठा जमिनको मालिक भएकी छन्। डेढ वर्ष मात्रै भयो उहाँको नाममा एक कट्ठा जमिन दर्ता छ।

शिक्षा र विकासका दृष्टिले पछाडि परेको मधेसी र मुस्लिम समुदायका पुरुषहरूले महिलाहरूको नाममा सम्पत्ति राख्नु निकै स्वागतयोग्य कुरा भएको महिला अधिकारकर्मीले बताएका छन्। सो गाउँका पुरुषहरूबाट जिल्लाभरिकै पुरुषले मात्र नभई देशभरिकै पुरुषले सिक्नुपर्ने स्थानीय महिला अधिकारकर्मी रचना श्रेष्ठले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad