समाज


टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण

 टिचिङ अस्पतालमा तेस्रोपटक कलेजोको सफल प्रत्यारोपण

नेपालखबर
कात्तिक २, २०७६ शनिबार ३:५४,

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गएराति एक व्यक्तिलाई सफल रुपमा कलेजो प्रत्यारोपण गरेको छ।

शुक्रबार राति अस्पतालका सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक टोलीले रुपन्देहीका ५० वर्षका एक व्यक्तिलाई सफल ढंगले कलेजो प्रत्यारोपण गरेको हो।

२७ वर्षका छोराको कलेजो ५० वर्षका बुवालाई प्रत्यारोपण गरिएको डा.सिंहले जानकारी दिए।

टिचिङ अस्पतालले यसअघि १८ जेठ र ३ साउनमा गरी दुई बिरामीमा कलेजोको सफल प्रत्यारोपण गरेको थियो। कलेजो प्रत्यारोपणमा करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ।

१८ जेठमा ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको थियो। जलेजो प्रत्यारोपण गरिएकाहरुको विवरण भने अस्तालले गोप्य राख्ने गरेको छ।

भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले २ वर्षअघि नै कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो।

तर, केन्द्रले त्यसलाई निरन्तरता दिन नसकिरहेको बेला सरकारी स्वामित्वको त्रिवि शिक्षण अस्पतालले अहिलेसम्म तीन जनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको छ।

मानव अंग प्रत्यारोपण केन्द्रले सफल रुपमा कलेजो प्रत्यारोपण गरे पनि त्यसयता फेरि कसैलाई कजेजो प्रत्यारोपण भएको छैन।

कलेजो प्रत्यारोपणलाई अब नियमित बनाउने योजना रहेको डा.भण्डारीले बताए।

परिवारभित्रका व्यक्तिले मात्र कलेजो दान गर्न सक्ने कानुनी प्रावधान छ। १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिने चिकित्सक बताउँछन्।

भारतमा कजेजो प्रत्यारोपण गर्दा ५० देखि ७० लाख खर्च लाग्ने गरेको छ।

टिचिङ अस्पतालले वार्षिक १० देखि १५ जना विरामीलाई कलेजो प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad