छापा खबर


विश्वभाषामा कन्फ्युसियस इन्स्टिच्युट खोल्ने सम्झौताप्रति त्रिविको असन्तुष्टि

विश्वभाषामा कन्फ्युसियस इन्स्टिच्युट खोल्ने सम्झौताप्रति त्रिविको असन्तुष्टि

नेपालखबर
असोज २९, २०७६ बुधबार १:३६,

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा विश्वभाषा क्याम्पसमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति भएपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालयलाई नै बेवास्ता गर्दै शिक्षा मन्त्रालयले सम्झौता गरेको भन्दै असन्तुष्ट भएका हुन् । विश्वभाषा त्रिविको आंगिक क्याम्पस हो।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

यसअघि त्रिविका उपकुलपतिले सम्झौतामा हस्ताक्षर गर्ने गरी मस्यौदा तयार भएको थियो । तर, हस्ताक्षरको समयमा त्रिविका पदाधिकारीको उपस्थिति नभएपछि असन्तुष्टि बढेको हो ।

शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले त्रिविअन्तर्गत इन्स्टिच्युट स्थापना गर्ने सहमति भएको बताए ।

इन्स्टिच्युटले चाइनिज भाषाको पठनपाठनदेखि सामग्री उत्पादन, अध्ययन–अनुसन्धानलगायत काम गर्छ । ‘यो प्रणाली विकास गर्न कन्फ्युसियस इन्स्टिच्युट र त्रिविले फेरि मोडालिटी तय गर्छन्,’ सचिव दाहालले भने, ‘अहिले दुई सरकारबीचमा बृहत् रूपमा भएको समग्र सम्झौता हो । चीनमा कन्फ्युसियस इन्स्टिच्युट र नेपालमा त्रिविले तयारी गर्छ।’

चीनले झन्डै दुई करोड दिने त्रिविमा कन्फ्युसियस इन्स्टिच्युट स्थापनाका लागि चीनले सुरुमा झन्डै दुई करोड बजेट उपलब्ध गराउने भएको छ । सुरुको व्यवस्थापनमा बजेट व्यवस्था कन्फ्युसियस इन्स्टिच्युटले गर्छ।

 त्रिवि उपकुलपति डा. सुधा त्रिपाठीले भने सम्झौताको विषयमा आफूलाई जानकारी नभएको बताएकी छन्।

‘सम्झौताको विषयमा मलाई थाहा छैन । सम्झौता हुनुपर्ने त्रिभुवन विश्वविद्यालयसँग हो । पहिले उपकुलपतिको हैसियतले मैले र कन्फ्युसियस इन्स्टिच्युटको प्रेसिडेन्टले सही गरेका थियौँ ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad