छापा खबर


प्रधानमन्त्री ओलीको कटाक्ष : बाउलाई पनि ‘तपाईं’ भन्दैनन् पत्रकार

प्रधानमन्त्री ओलीको कटाक्ष : बाउलाई पनि ‘तपाईं’ भन्दैनन् पत्रकार

नेपालखबर
असोज २९, २०७६ बुधबार १:३०,

पत्रकारहरूमा शिष्टता नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन कार्यक्रममा उनले पत्रकारहरूप्रति यस्तो असन्तुष्टि पोखेका हुन्।

उनले आफ्नो भाषा र संस्कृति जोगाउन अरूको नक्कल नगर्न पनि आग्रह गरेका छन्।

उनले अंग्रेजी भाषाको ‘यु’ले तँ, तिमी, तपाईं सबै अर्थ लगाउने भएकाले अन्य भाषाको अनुकरण गरी पत्रकारहरूले ‘तिमी’ भनेको बताए।

अंग्रेजीको ‘यु’ लोभ लागेर बालाई तपाईं भन्ने हराउँदै गएको उनको तर्क थियो। यो खबर आजको नेपाल समाचापत्रमा यदुप्रसाद भट्टले लेखेका छन्।

‘अरूको नक्कल गर्ने बानीकै कारण पत्रकारले बाउलाई पनि तिमी भन्न थाले’, केही सञ्चारमाध्यमप्रति संकेत गर्दै ओलीले भने, ‘बाउलाई तपाईं भन्न पनि हिचकिचाउँछन्।’

‘सानालाई ‘तिमी’ र ठूलालाई ‘तपाईं’ भन्ने हाम्रो संस्कार हो। तर यहाँ त पत्रकारले सबैलाई तिमी भन्न थाले,’ थपे।

अन्य देश र भाषाको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएकाले नयाँपुस्ताले भाषा र संस्कृति भुल्दै गएकामा उनले गुनासो गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad