Nepal Khabar TV


मर्यादापालकले पनि हेर्दाखेरी बच्चाजस्तो देखिने भनेर अर्कै व्यवहार गर्थे: विना लामा(भिडिओ)


नेपालखबर
जेठ ८ , काठमाडौँ

रुवीभ्यालीदेखि संघीय संसदसम्म विना लामाको राजनीतिक यात्रा कथा र अनुभूति :

सदन छिरेर शपथग्रहणपश्चाश मेरो पहिलो सम्बोधन गर्ने क्रममा धादिङकै विकासबारे सरकारलाई ध्यानाकर्षण गराएँ। बोलेर बाहिर पानी खान लबीतिर निस्किनेक्रममा केही माननीयहरूले ‘जनजाति, तामाङ भएर पनि राम्रो बोल्न सक्नुहुँदो रहेछ त’ भनेर टिप्पणी गर्नुभयो। राम्रोसँग बोल्यो मात्रै भन्न सकिन्थेन र? जातीय हिसाबले टिप्पणी गर्न जरुरी थियो? त्यस्तै सुरुमा छिर्नेबित्तिकै मर्यादापालकहरूले पनि हेर्दाखेरी बच्चाजस्तो देखिने भनेर अर्कै खालको व्यवहार गर्थे।

संसदमा अपेक्षाअनुरूप काम अहिलेसम्म भएको छैन। हुन्छ भन्ने अझै पनि लाग्दैन। तर जनताको आशा मर्न दिन्नँ। आफ्नो जनताको अवाज उठाइरहन्छु। हामी सरकारमा छैनौँ, त्यसैले पूरा गर्ने नगर्ने सरकारको जिम्मेवारी हो।

हेर्नुहोस्, ‘संसदमा म’, जहाँ सांसदहरू बोल्छन्, संसद् भवनको रोस्ट्रमबाट होइन, हृदयको गहिराइबाट–नेपालखबरबाट :

जेठ ८, २०८२ बिहिबार १६:१८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad