राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी आन्दोलित भएका छन्।
बढुवा प्रक्रिया रोकिएको भन्दै सुरु गरेको पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरुले बुधबार कालोपट्टी बाँधी पेन डाउन गरि विरोध गरेका छन्।
कर्मचारीहरूले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा शुक्रवार उपत्यकामा रहेका कर्मचारीहरुको कोणसभा गर्दै आन्दोलन सुरु गरेका हुन्।
देशभर ७७ जिल्ला र केन्द्रमा गरेर करारसहित करिव आठ सयभन्दा बढी कर्मचारीहरू राखेपमा छन्।
तीमध्ये करिब चार सयजनाको पछिल्लो समय बढुवा प्रक्रिया अन्तिम चरणमा पुगे पनि प्रक्रिया रोकिएको भन्दै आन्दोलन सुरु गरेका हुन्।
बढुवा प्रक्रियामा युवा तथा खेलकुद मन्त्रालयले अवरोध र्पुयाइरहेको राखेपका कर्मचारीहरुले आरोप लगाएका छन्।
राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको नेतृत्वमा शुक्रबारदेखि आन्दोलन सुरु भएको हो।
Shares
प्रतिक्रिया