राष्ट्रिय वाणिज्य बैंकले १ लाख ४८ हजार उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ।
‘उद्यमशील युवा, सिर्जनशील युवा’ कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले १ लाख ४८ हजार उद्यमीका लागि २ खर्ब ३ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरिएको बताएका हुन्।
उनले राष्ट्रिय वाणिज्य बैंकले १० प्रकारका उद्यशील कर्जा प्रवाह गरिरहेको जानकारी दिए।
बैंकले उत्पादन बढाउने र रोजगारी बढाउने उद्देश्यले उद्यशील कर्जा प्रवाह गरिरहेको सीईओ श्रेष्ठको भनाइ छ।
यस्तो कर्जा केही दोस्रो क्षेत्रमा सिफ्ट भएको र केही उद्यमीसमेत विदेश पलायन भएको उनले बताए।
‘केही यस्तो कर्जाको दुरुपयोग समेत देखिएको छ’, उनले भने, ‘कर्जा दुरुपयोग हुन नदिन सरकारले सहुलियतको मोडालिटी ल्याउन आवश्यक छ।’
Shares
प्रतिक्रिया