सर्लाहीको हरिवन-९, सुखेपोखरीका बबरजंग थापा उमेरले १०२ वर्ष भए। तर, यो उमेरमा पनि उनमा युवाको जस्तै जोस/जाँगर कायम छ।
वि. सं. १९७८ साउन ५ गते सिन्धुलीको रातामाटामा जन्मिएका थापा आगामी साउन ५ गते १०३ वर्षमा प्रवेश गर्दै छन्। २००७ सालमै समाप्त भएको राणा शासनको पनि मजाले वर्णन गर्ने थापा अहिले पनि दैनिक जीवनमा लोभलाग्दो ढंगले सक्रिय छन्।
आजभन्दा ८४ वर्षअघि अंग्रेज सेनामा सहभागी भएर दोस्रो विश्वयुद्ध लडेका थापाले पछि नेपाली सेना र नेपाल प्रहरीमा भर्ना भएर पनि देशको सेवा गरे। ६४ वर्षअघि आफैँ अगुवा भएर सर्लाहीमा दुईवटा सरकारी स्कुल स्थापना गरेका थापासँग नेपालखबरले गरेको भिडिओ कुराकानी-
जेठ २२, २०८० सोमबार १९:५५
प्रतिक्रिया