ad ad

Nepal Khabar TV


भिडिओ ब्रिफिङः कोरोनाको तेस्रो लहर सुरु भएको हो?

नेपालमा फेरि कोरोनाको संक्रमण बढेको छ। कतिपयले यसलाई कोरोनाको तेस्रो लहर सुरु भएको पनि बताइरहेका छन्। तर जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले नेपालमा कोरोनाभाइरसको तेस्रो लहर सुरु भइनसकेको बताएका छन्। दोस्रो लहर पूर्ण रुपमा कम नभएकाले तेस्रो लहर भनि हाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ।


दोस्रो लहरमा लकडाउनका कारण धेरैजसो मानिसहरु घरभित्रै रहेको र लकडाउन हटेसँगै बाहिर निस्कँदा समाजमा संक्रमित अन्य मानिसहरुसँग घुलमिल हुँदा अहिले केही बढीलाई संक्रमण देखिएको जस्तो देखिएको उनले बताए। बाहिर निस्किएपछि मान्छेहरुले जनस्वास्थ्यका मापदण्डमा पनि पूर्ण रुपमा पालना नगर्ने भएकाले संक्रमण बढेको देखिएको उनकाे भनाइ छ।


दीक्षितले नेपालमा भित्रिएका सबै खोपहरू सुरक्षित भएकाले आफ्नो पालो आएका सबैले ढुक्कसँग लगाउन अनुरोध गरे। साथै उनले अब संक्रमणको संख्या बढेपनि समाजमा खोप लगाइसकेका मान्छे भएकाले पूर्ण रुपमा बन्दाबन्दी आवश्यक नरहेको तर्क गरे। 

प्रस्तुत छ, नेपालमा कोरोना संक्रमणको अहिले र भविष्यको अवस्थाबारे डा. दीक्षितसँग नेपालखबरले गरेको कुराकानी–

साउन १४, २०७८ बिहिबार २२:१९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .