मधेस


मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा-४ मा स्वतन्त्र उम्मेदवार पक्राउ

मतदातालाई पैसा बाँडेको आरोपमा धनुषा-४ मा स्वतन्त्र उम्मेदवार पक्राउ

फाइल तस्बिर: राजकिशोर महरा


सुभाष कर्ण
फागुन २०, २०८२ बुधबार १४:१२, जनकपुरधाम

धनुषा निर्वाचन क्षेत्र ४ मा मतदातालाई पैसा बाँडेको आरोपमा एक उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-४ चन्द्रपुरमा मतदातालाई पैसा बाँडेको आरोपमा निर्वाचन क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार स्थानीय राजकिशोर महरालाई धनुषा प्रहरीले पक्राउ गरेको हो।

राति करीब १२ बजे ४८ हजार ५ सय रुपैयाँ नगद र हिसाबकिताब गरिएको डायरीसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले जानकारी दिए।

पैसा बाँडिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले महरालाई नियन्त्रणमा लिएको हो।

उनलाई थप कारबाहीका लागि जिल्ला निर्वाचन कार्यालय धनुषामा पठाइएको एसपी कुँवरले बताए।

स्थानीयका अनुसार नेकपा एमालेका उपमहासचिवसमेत रहेका धनुषा-४ का उम्मेदवार रघुवीर महासेठनिकट हुन्।

उनी महासेठकै डमी उम्मेदवार रहेको स्थानीयको दाबी छ।

यसअघि उनी महासेठकै चुनावी प्रचारप्रसार कार्यक्रममा पनि देखिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad