राजनीति


डोल्पामा मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी, २ जनालाई हेलिकप्टरमार्फत उद्धार

डोल्पामा मतदान केन्द्रमा खटिएका ५ कर्मचारी बिरामी, २ जनालाई हेलिकप्टरमार्फत उद्धार

नेपालखबर
फागुन २०, २०८२ बुधबार १४:२१, सुर्खेत

प्रतिनिधि सभाको निर्वाचनका लागि डोल्पाको शेफोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका ५ जना कर्मचारी लेक (उचाइका कारण हुने समस्या) लागेर बिरामी परेका छन्। 

यो मतदान केन्द्रमा खटिएका प्रहरी निरीक्षक सुखबहादुर थापाले लेक लागेर ५ जना बिरामी परेको जानकारी दिए। मतदान केन्द्र जिल्ला सदरमुकामबाट पैदल करिब ६ दिनको दूरीमा उत्तरतर्फ पर्छ।

प्रहरीका अनुसार बिरामी हुनेहरूमा डोल्पा जिल्ला अदालतमा कार्यरत त्रिपुरासुन्दरी नगरपालिका-२ का ५३ वर्षीय गोर्खबहादुर थापा रहेका छन्।  उनको नाकबाट रगत बग्ने तथा श्वासप्रश्वासमा समस्या छ। 

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसन डोल्पामा कार्यरत जुम्लाको पातारासी गाउँपालिका-६ का ४५ वर्षीय धनबहादुर महतरा, त्रिपुरासुन्दरी नगरपालिका-५ का २८ वर्षीय निर्वाचन प्रहरी कृष्ण झाक्री, त्रिपुरासुन्दरी नगरपालिका-४ का निर्वाचन प्रहरी आत्मराम बोहोरा र त्रिपुरासुन्दरी-३ का निर्वाचन प्रहरी ईन्द्रामान धरला बिरामी परेका छन्। 

उनीहरूलाई ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिएको छ। 

बिरामी परेकामध्ये गोर्खबहादुर थापा र कृष्ण झाक्रीलाई नेपाली सेनाको हेलिकप्टरबाट दुनै ल्याएको छ। उनीहरूको जिल्ला अस्पताल डोल्पा भर्ना गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad