मधेस


मधेसका थप ४ सिटमा रास्वपा विजयी

मधेसका थप ४ सिटमा रास्वपा विजयी

सुभाष कर्ण
फागुन २३, २०८२ शनिबार १८:४१, जनकपुरधाम

मधेसका थप सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।

प्राप्त मतगणना अनुसार सप्तरी ४, सर्लाही १ र २ तथा रौतहट १ मा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।

सप्तरी ४ बाट रास्वपाका उम्मेदवार सीताराम साह निर्वाचित भएका छन्। साहले ३६ हजार ४१२ मत विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी तेजुलाल चौधरीले १३ हजार १०३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे। 

त्यसैगरी जनता समाजवादी पार्टी नेपालकी उम्मेदवार बब्बीसिंह यादवले १० हजार २८० मत प्राप्त गर्दै तेस्रो स्थानमै चित्त बुझाएकी छन्।

सर्लाही क्षेत्र नं १ मा रास्वपाका नितिमा भण्डारी कार्की र सर्लाही २ मा रबिनमहतो  विजयी भएमा छन्।

सर्लाही १ मा भण्डारीले ४४ हजार १८१ मत प्राप्त गरेकी छन् भने शम्भुलाल श्रेष्ठले सात हजार ८७१ मत प्राप्त गरेका छन्। 

सर्लाही २ मा महतो ४२ हजार ५१२ मत प्राप्त गरी विजय भएका छन् भने महेन्द्र राई यादवले आठ हजार ५२३ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका सरोज कुमारले सात हजार ३९ मत प्राप्त गरी तेश्रो भएका छन्।

त्यसैगरी रौतहट १ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी विजयी भएका छन्।

चौधरीले नेकपा एमालेका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै विजयी भएका हुन्। चौधरीले २८ हजार ९४६ मत प्राप्त गरे भने गुप्ताले १० हजार ६९३ मत प्राप्त गरे।

मधेसकेन्द्रित राजनीतिक दलबाट नेपाली कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री अनिलकुमार झा आठ हजार ५७४ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad