मधेस


धनुषामा करिब ६० प्रतिशत मतदान

धनुषामा करिब ६० प्रतिशत मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार १८:५२, जनकपुरधाम

धनुषामा दिउँसो ५ बजेसम्ममा करिब ६० प्रतिशत मतदान भएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आज दिउँसो ५ बजेसम्म धनुषाको चारवटै निर्वाचन क्षेत्रमा करिब ६० प्रतिशतको हाराहारीमा मतदान भएको जानकारी दिए।

मतदान सम्पन्नपछि मतगणनाका लागि मतपेटिका ल्याउने क्रम जारी रहेको छ। प्रत्येक क्षेत्रमै मतगणना हुनेछ र मतगणनाका तयारी पूरा भइसकेको उनले जनाए।

हालसम्म जिल्लाभरको कुनै पनि मतदानस्थल तथा मतदान केन्द्रमा विवाद नभएको प्रमुख जिल्ला अधिकारी लुइँटेलको भनाइ छ। पाँच लाख १४ हजार ५७१ जना मतदाता रहेको धनुषामा ३ लाखभन्दा बढी मतदान भएको उनको भनाइ छ।

धनुषा निर्वाचन क्षेत्र १ मा ४१, २ मा ३४‚ ३ मा ४५ र ४ मा ३७ जना उम्मेदवार छन्। धनुषा १ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा ४२ उम्मेदवार भए पनि दुई दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएपछि ४२ बाट ४१ जना उम्मेदवार कायम भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad