प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो।
प्रदेश निर्वाचन कार्यालय कार्णाली प्रदेशको प्रारम्भिक विवरणअनुसार प्रदेशभर ५२।९ प्रतिशत मत खसेको छ।
हुम्लामा सबैभन्दा बढी ६३.३४ प्रतिशत मतदान भएको छ भने डोल्पामा ६३.१४ प्रतिशत र मुगुमा ५८.९० प्रतिशत मतदान भएको छ।
यस्तै, सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदातामध्ये ६५ हजार ३७१ मत खसेर ५३.१९ प्रतिशत मतदान भएको छ।
सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदातामध्ये ७१ हजार ४५५ मत खसेर ५५.९७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।
दैलेख–१ मा ४९.३५ प्रतिशत, दैलेख–२ मा ४३.०१ प्रतिशत, जाजरकोटमा ५६.१४ प्रतिशत, सल्यानमा ४४.४० प्रतिशत, रुकुमपश्चिममा ५७.९७ प्रतिशत, कालिकोटमा ४८.६२ प्रतिशत र जुम्लामा ५६.०४ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ।
Shares

प्रतिक्रिया