मधेस


मधेसको पहिरनमा देखिएका गगनले भनेः पाहुना जसरी आएँ, परिवारकै सदस्य जस्तो बनेँ

मधेसको पहिरनमा देखिएका गगनले भनेः पाहुना जसरी आएँ, परिवारकै सदस्य जस्तो बनेँ

सुभाष कर्ण
फागुन २, २०८२ शनिबार २१:१७, जनकपुरधाम

नेपाली कांग्रेसका सभापति चुनावी प्रचार प्रसारलाई तीब्र पारेका छन्। 

काठमाडौँबाट कोटपैन्टमा मधेस झरेका उनले मधेसको पहिरन कुर्ता, पायजामा, गमछा र मिथिलाको पहिचान पागमा सजिएर घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाट र भेला लगायतका कार्यक्रमहरु सम्पन्न गरेका छन्। 

प्रचार प्रसारका लागि सर्लाही ४ बसाईको क्रममा आज पार्टी प्रवेश कार्यक्रममा पनि कुर्ता, पायजामा र गमछाको पहिरनमै सम्पन्न गरेका छन्। 

उनले सर्लाहीको चारवटै क्षेत्रमा भेटघाट र भेला लगायतका कार्यक्रम गरेका छन्। सर्लाहीको बसाईको विशेष समय सर्लाही ४ मा घरदैलो कार्यक्रममै उनले बिताएका छन्। 

घरदैलो कार्यक्रमको क्रममा क्षेत्रको समस्या र विकासका लागि के गर्न सकिन्छबारे छलफल गरेका छ्न्। मतदताहरुको घर घरमा पुगी उनले त्यहाँको समस्याबारे जानकारी लिँदै निर्वाचनपछि तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 

शनिवार जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव मनिष कुमार मिश्र, वरिष्ठ उपाध्यक्ष केदारनन्दन चौधरी, नेता विना सिन्हा र केदार सिंह ठटौला लगायत जसपाका नेता कार्यकर्ताहरूलाई थापाले पार्टी प्रवेश गराए।

सर्लाही ४ को अचलगढमा आयोजित सो कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आफू चुनाव लड्न मधेश झर्दा आगन्तुकजस्तो भएर आएको थिएँ। गाउँ नयाँ ठाउँ नयाँ, पहिरन नयाँ, खाना नयाँ लगायत धेरै कुरा नै नयाँ थियो। तर अब यो मेरो र म यो परिवारको अंग बन्ने क्रम शुरु भइसक्यो।’ 

उनले थप्दै भने ‘म सभापति भइसकेपछि त्यहाँ अनुकुलता नै अनुकुलता थिए। तर, म यहाँ केही नयाँ सोचका साथ मधेसबाटै जितेर आउनुपर्ने आवश्यकता महशुस गरी मधेस झरेको हुँ।’

अबको पाँच वर्ष बहुमतका साथ नेपाली कांग्रेसले सरकार चलाउने उनले बताए। 

‘लामो समय सम्म मधेसी दलमा काम गरेका ठूला नेताहरू आज नेपाली कांग्रेसमा प्रवेश गरेकाले मधेसी जनतालाई अधिकार दिलाउने नाममा खुलेका दलहरूको खुद्रा पसल अब बन्द हुनेछन्’ उनले भने ।

सभापति थापाले कांग्रेस अब सबै वर्ग समुदाय मधेशी, दलित, आदिवासी, जनजाती, अल्पशंख्यक मुस्लिमको आवाज र मुद्दालाई पुरा गर्ने पार्टी भएपछि मधेसमा पार्टी खोलेर मधेसी जनतालाई ठग्ने काम अब बन्द हुनेछ भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad