रौतहटको इशनाथ नगरपालिका ४ मठियामा बालिकालाई ठक्क्कर दिएर फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
फरार चालकको खोजतलास गर्दै जाँदा परोहा नगरपालिका–३ तेजापाकड घर भएका २७ वर्षीय शेख मुस्ताकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिए।
निर्वाचन क्षेत्र नम्वर २ मा पर्ने इशनाथ नगरपालिका–४ मठिया गाउँ स्थित मस्जिद नजिकै आज करीब २ः३० बजेको समयमा बा१५च ४२४४ नम्बरको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालको गाडीले ठक्कर दिदा मोहम्मद सगिरको ४ वर्षीया छोरी अल्फा खातुनको मृत्यु भएको थियो।
दुर्घटनामा गम्भीर घाइते अल्फालाई स्थानीयको दबावमा गाडीका चालक गौरको घण्टाघर स्थित रोडमा रहेका सिटी अस्पतालमा राखेर गाडी चालक फरार भएका थिए।
प्रहरीको प्रारम्भीक अनुसन्धानको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले घरदैलो कार्यक्रममा प्रयोग गर्दै आएको उक्त गाडी रहेको जानकारी दिँदै डीएसपी वस्यालले जनाएको छ।
उनका अनुसार घटनाको समयमा उम्मेदवार घरदैलोमा व्यस्त रहेको तथा गाडीमा चालक एक्लै रहेको थियो। मृतक बालिकाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको तथा थप अनुसन्धान जारी रहेको छ।
Shares

प्रतिक्रिया