जनता समाजवादी पार्टी नेपालले राष्ट्रिय सभा निर्वाचनको लागि ३ जनालाई उम्मेदवार बनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरिएको भनिएको भए पनि २ दलसँग सहमति नजुटेपछि छुट्टै उम्मेदवारी दिइएको बताइएको छ।
जसपाले मधेस प्रदेशबाट चमेलीदेवी दास, चन्द्रकला साह र शैलेश चौधरीलाई उठाएको हो। मधेस प्रदेशमा ४ वटा सिट भएकोमा एक सिटमा जसपासँगै एकता गर्ने घोषणा गरेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गरेको हो।
‘मधेस प्रदेशमा ४ वटा सिट छ, जसमध्य एउटा सिटमा महन्थ ठाकुरको उम्मेदवारी छ, जसमा हाम्रो पनि समर्थन छ,’ अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसीयले नेपालखरसँग भने, ‘बाँकी ३ सिटमा हामीले उम्मेदवारी दिएका छौँ। सहमति नभएका कारणले ३ जनाको छुट्टै उम्मेदवारी परेको हो।’
माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका छन्।
कांग्रेसले ९ सिट लिएको छ भने एमालेले ८ लिएका छन्।
Shares

प्रतिक्रिया