मधेस


वीरगन्जमा हैजा : १० नमूना परीक्षण गर्दा ८ मा संक्रमण भेट्टियो

वीरगन्जमा हैजा : १० नमूना परीक्षण गर्दा ८ मा संक्रमण भेट्टियो

फाइल तस्बिर


नेपालखबर
भदौ १०, २०८२ मंगलबार १९:२९, वीरगन्ज (पर्सा)

वीरगन्जमा हैजाको आशंकामा १० बिरामीको नमूना परीक्षण गर्दा ८ मा संक्रमण पुष्टि भएको जनाएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये ८ वटा नमूनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिए।

‘वीरगन्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा संकलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो’, उनले भने, ‘प्रयोगशालामा रहेको ‘भाइटेक’ प्रविधिबाट कल्चर गर्दा १० नमूनामध्ये आठमा संक्रमण भेट्टिएको छ।’

निर्देशक डा. भट्टले स्थानीय अस्पतालले यसअघि नै ‘आरडिटी’ गरेर हैजा भएको पुष्टि गरे पनि थप पुष्टि गर्न नमूना परीक्षण गरिएको जानकारी दिए।

‘वीरगन्जका स्थानीय अस्पतालले आरडिटी गरेर हैजा भएको त थाहा पाइसक्नुभएको थियो। कहिलेकाहीँ त्यसमा केही रिजल्ट फरक आउन सक्ने भएकाले थप पुष्टिका लागि यहाँ कल्चर गरिएको हो,’ उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad