मधेस


अपहरण र जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

अपहरण र जबरजस्ती करणीको अभियोगमा २ जना पक्राउ

नेपालखबर
साउन २०, २०८२ मंगलबार १९:३१, पर्सा

अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणी अभियोगमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पहरीले मंगलबार घटनामा संलग्न रहेका बहुदरमाई नगरपालिका-२, सिसियारी निवासी ४० वर्षीय महमद र रौतहट निवासी २१ वर्षीय अफताब अन्सारीलाई वीरगञ्ज महानगरपालिका-१५, प्रतिमा चोकबाट पक्राउ गरेको हो।

उनीहरूलाई अदालतको आदेशअनुसार ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुवै जना वीरगञ्ज महानगरपालिका-१३ स्थित राधेमाईमा रहेको नेक मोटरसाइकल वर्कशपसँग सम्बन्धित रहेको र घटनापछि फरार रहेका थिए।

२०७९ साल वैशाख २० गते दिउँसो करिब ३ बजेको समयमा बाख्रा गोठबाट घर फर्कदै गरेकी बरैनिया निवासी ३४ वर्षीय महिलालाई उनीहरुले अपहरण गरी वीरगञ्ज बसपार्कस्थित गणेश होटल एण्ड लजको दोस्रो तल्लामा लगेर पालैपालो जबरजस्ती करणी गरेका थिए।

पीडितलाई २०७९ वैशाख २३ गते बिहान करिब ८ बजे पर्सा घडिअर्वा पोखरी नजिकको गल्लीमा रगतामै अवस्थामा फालेर फरार भएको पीडितको जाहेरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad