वैदेशिक रोजगारीका लागि यूएई लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालार्य पक्राउ गरेको छ।
पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–४ घर भइ हाल ललितपुर बस्ने वर्ष ३६ को नर बहादुर बुढाथोकी र पाँचथरको फिदिङ नगरपालिका– १ का ४६ वर्षीय उमेश हिङमाङ रहेका छन्।
प्रहरीका अनुसार नरबहादुरले यूएई पठाइदिने भन्दै एकजनाबाट एक लाख रुपैयाँ लिएका छन् भने उमेशले पनि यूएई पठाइदिने भन्दै दुई जनाबाट ११ लाख ५९ हजार रुपैयाँ लिएको पाइएको छ।
रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाउपर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
36
Shares

प्रतिक्रिया