मधेस


६५ वर्षीय वृद्धको हत्या गरेका डाँका समूहका ९ जना हतियारसहित पक्राउ

६५ वर्षीय वृद्धको हत्या गरेका डाँका समूहका ९ जना हतियारसहित पक्राउ

नेपालखबर
साउन १९, २०८२ सोमबार १९:४५, राजविराज (सप्तरी)

गत जेठ २२ गते राति सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँकाको समूहद्वारा हत्या गरिएका ६५ वर्षीय कन्तलाल चौधरीको हत्या आरोपी पक्राउ परेका छन्। घटनाको २ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय राजविराजमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको छ। प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका-८ का २७ वर्षीय राजेशकुमार मरिक, २८ वर्षीय सञ्जय मरिक, बोदे बर्साइन नगरपालिका-२ का २० वर्षीय दीपेन मरिक, खडक नपा-११ का ३४ वर्षीय हरिकिसुन मरिक र शम्भुनाथ नपा-८ का २४ वर्षीय दीपक मरिक रहेका छन्।

त्यस्तै उदयपुरको बेलका नपा-१ का २८ वर्षीय चन्दर मरिक, सप्तरीको सुरुङ्गा नपा-७ का ३३ वर्षीय राजुकुमार बिक, सिराहाको लहान नपा-६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान-८ का ३८ वर्षीय उमेश साह सोनार छन्।

पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुबाट मृतकको घरबाट लुटिएको गरगहनासहित कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने २ राउन्ड गोली र १ थान खुकुरी बरामद गरिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad