मधेस


पर्सा राष्ट्रिय निकुञ्जमा बेवारिसे मानव अंग फेला, सनाखत हुन सकेन

पर्सा राष्ट्रिय निकुञ्जमा बेवारिसे मानव अंग फेला,  सनाखत हुन सकेन

नेपालखबर
जेठ ३१, २०८२ शनिबार १६:४७, वीरगञ्ज

पर्सा जिल्लाको पर्सागढी नगरपालिका–१ स्थित पर्सा राष्ट्रिय निकुञ्जको भालु खोला फारलाईन क्षेत्रमा एक बेवारिसे मानव शरीरको अंग फेला परेको छ। 

जंगली जनावरका लागि बनाइएको पानीको खाल्टोमा एक खुट्टा र दुई हात भेटिएकोमा खाल्टोबाट ३०० मिटर टाढा टाउकोको अस्तिपञ्जर पनि भेटिएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको छ। फेला परेका अंगहरूलाई नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखिएको छ।

हालसम्म मृतकको सनाखत हुन सकेको छैन। घटनास्थलमा निलो रंगको पुरुष पाइन्ट र सेतो फुलवाला सर्ट पनि भेटिएको छ।

मृतकलाई चिन्ने जोकोहीले पर्सा प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad