पूर्वी तराईका राजवंशी, ताजपुरिया र गनगाई समुदायको सबैभन्दा ठूलो पर्व सिरुवा पावनीका अवसरमा मधेस प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिने भएको छ।
मधेश प्रदेशको गृह, संचार तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उक्त दिन विदा दिने निर्णय भएको जानकारी दिएको हो।
सिरुवा पावनी पूर्वी तराई, मधेसका झापा, मोरङ लगायतका जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया र गनगाईको सबैभन्दा ठूलो पर्व हो।

297
Shares

प्रतिक्रिया