मधेस


सिराहामा सशस्त्र प्रहरी नायब निरीक्षक मारेर भागेको गाडीका २ जना पक्राउ

सिराहामा सशस्त्र प्रहरी नायब निरीक्षक मारेर भागेको गाडीका २ जना पक्राउ

प्रतीकात्मक तस्बिर


नेपालखबर
मंसिर १७, २०८१ सोमबार २२:८, सिराहा

स्कोरपियोको ठक्करबाट सिराहामा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जनालाई पक्राउ गरिएको छ। अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई आइतबार नियन्त्रणमा लिई आवश्यक बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए। घटनामा प्रयोग भएको गाडी र संलग्न व्यक्तिको पनि पहिचान भइसकेको प्रहरी उपरीक्षक पण्डितले बताए। 

नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल-भारत सीमानजिकै बडियारपट्टी-१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो। ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ भागेको थियो। 

मृतक यादवको लहानस्थित प्रादेशिक अस्पतालमा शव परीक्षण गरी आइतबार साँझ नरहा गाउँपालिका ४ स्थित घरमा ल्याएर अन्त्येष्टि गरिएको थियो। यसअघि अवैध मदिरा ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीय बासिन्दाले पूर्वपश्चिम सडकको लहानखण्ड अवरुद्ध गरेका थिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad