रौतहटको ईशनाथ नगरपालिका वडा नं मा ७ मा कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका छन्।
आइतबार भएको उपनिर्वाचनमा नेकपा एमालेका शेख अनवारलाई पराजित गर्दै कांग्रेसका शेख अब्दुल खलिक विजयी भएका हुन्।
कांग्रेसका खलिक ६२७ मत ल्याएर विजयी भएका हुँदा एमालेका शेख अनवारले ५७५ मतमा चित्त बुझाउनुपरेको छ।
एकीकृत समाजवादीका शेख जमिरुल हकले १३५ मत ल्याएका छन्।
माओवादी केन्द्रका शेख अमिरुलले २४ मत प्राप्त गरे।
२०७९ को स्थानीय तह निर्वाचनमा यस वडाबाट लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी कौशल्या देवी निर्वाचित भएकी थिइन्।
306
Shares

प्रतिक्रिया