झापाको कन्काई नगरपालिका वडा नं ६ मा एमाले–कांग्रेसलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
कांग्रेस–एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन्।
आइतबार सम्पन्न उपचुनावको केहीबेरअघि सकिएको मतगणना अनुसार चापाकल चुनाव चिह्न लिएर उठेका ओलीले ४९३ मत ल्याएर विजयी भएका हुन्।
नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत पाउँदा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाए।
3.9k
Shares

प्रतिक्रिया