मधेस


माओवादीले रामगोपालपुर २ पनि गुमायो, एमालेको जित

माओवादीले रामगोपालपुर २ पनि गुमायो, एमालेको जित

नेपालखबर
मंसिर १६, २०८१ आइतबार २२:४५, काठमाडौँ

महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा नेकपा एमाले विजयी भएको छ।  

नेकपा माओवादी केन्द्रकी आइतीकुमारी यादवलाई पराजित गर्दै एमालेका सकिवुल खाँ निर्वाचित भएका हुन्। 

उनले ६ सय ६१ मत प्राप्त गरेका छन्। आइतीले ५३४ मत ल्याइन्। नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याएका छन्।

यसअघि माओवादी केन्द्रले सो वडा जितेको थियो ।

सो वडाका वडाध्यक्ष मुकेश यादवका दुर्घटनामा मृत्यु भएपछि सो वडामा आइतबार उपचुनाव भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad