मधेस


मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मीपूजा

हुक्कापाती खेलिँदै


रासस
कात्तिक १६, २०८१ शुक्रबार ७:१९, इनरुवा (सुनसरी)

‘लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ’ अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाइएको छ।

सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने मैथली समुदायले बिहीबार बेलुकी हुक्कापाती खेल्दै लक्ष्मीपूजा मनाएको इनरुवा-३ का मिथलेश झाले बताए।

इनरुवा, कोसी, हरिनगर, धरान, इटहरी, देवानगन्ज, दुहबी, भोक्राहानरसिंह, बराहक्षेत्रलगायत स्थानमा बसोवास गर्ने मैथली समुदायले हुक्कापाती खेली लक्ष्मीको आह्वान गर्दै लक्ष्मीपूजा गरेको हरिनगरका चन्दन मेहताले बताए। 

सनपाटबाट निकालिएको सनठी र खड्को प्रयोग गरेर बनाइएको हुक्कापाती घरका मुख्य व्यक्तिले पूजाकोठादेखि आँगनसम्म बनाइएको अरिपनमा बालिएको चौमुख दियोमा आगो लगाई बाहिर खेल्ने गरिन्छ।

मिथला क्षेत्रका व्यक्तिले हुक्कापातीमा दिवाली अर्थात् लक्ष्मीपूजाको रातिमा  खेलेर लक्ष्मी घर आउनु र दरिद्रहा बाहिर जानु भन्दै खेल्ने गरेको इनरुवा-३ का चन्द्रमोहन झाले बताए। हुक्कापाती खेलेपछि पितृको शान्ति र मोक्ष प्राप्ति हुने जनविश्वास छ।

हुक्कापाती घरका पुरुषले मात्र खेल्ने परम्परा छ।

हुक्कापाती खेलिसकेपछि पूजाकोठामा जलेको सनठी ल्याएर राख्ने चलन रहेको झाले बताए। हुक्कापाती खेल्ने परम्परा मिथिला क्षेत्रको पौराणिक भए पनि पछिल्लो समय सहरी क्षेत्रमा बस्ने मैथली समुदायले कम खेल्ने गरेको स्थानीयको भनाइ छ।

यसका चलन अझै पनि ग्रामीण क्षेत्रमा छ। विषेशगरी वृद्धवृद्धाले यसको संरक्षण गरिरहेका छन् भने युवापुस्ताको ध्यान यसप्रति घट्दै गएको छ। हुक्कापाती विषेश गरेर झा, मेहता, यादव, राजपुरलगायत समुदायका व्यक्तिले खेल्ने गरेको छ।

पूर्वका राजवंशी, ताजपुरिया, गन्गाई, माझी समुदायले समेत हुक्का पाती मनाउने गरेका छन्।

हुक्का पातीको मिथला क्षेत्रमा बसोबास गर्ने मैथली समुदायमा विषेश महत्त्व रहेको र समयको परिवर्तनसँगै सांस्कृतिक महत्त्व बोकेको हुक्कापाती सुनठीको अभाव र युवापुस्तामा पर्वको विषयमा जागरुकता ल्याउनका लागि यसलाई निरन्तरता दिइएको इनरुवाका गौतम यादवले बताए।

त्यसैले आफ्नो संस्कृतिको संरक्षणका लागि सबैको ध्यान जान आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad