सर्लाहीको चन्द्रनगरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
चन्द्रनगर गाउँपालिका २ बबरगंज निवासी गणेश महतोका ६ वर्षीय छोरा अनुषको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
दिउँसो गर्मी भएपछि अनुषसहित स्थानीय ९/१० जना बालबालिका पौडी खेल्न पोखरीमा पसेका थिए। पौडी खेल्ने क्रममा अनुष पोखरीमा डुबेपछि सँगै रहेका अन्य बालबालिकाले स्थानीयलाई खबर गरेका थिए।
स्थानीयले पोखरीबाट निकाल्दा बालकको मृत्यु भइसकेको पाइएको इलाका प्रहरी कार्यालय ईश्वरपुरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।
जेठ ५, २०८०, शुक्रबार
30
Shares
प्रतिक्रिया