मधेस


मधेशका १३६ वटै पालिकामा माटो परीक्षण गरिने

मधेशका १३६ वटै पालिकामा माटो परीक्षण गरिने

नेपालखबर
बैशाख १३, २०८० बुधबार १५:४३, जनकपुरधाम

मधेश प्रदेश सरकारले १३६ वटै पालिकाको माटो परीक्षण गर्न लागेको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक टिमले घुम्ती टेस्ट ल्यावमार्फत माटो परीक्षण गर्न लागेको हो।

कुन जग्गामा कति मलखाद कति मात्रामा प्रयोग गर्ने भन्ने किसानलाई जानकारी गराउनका लागि माटो परीक्षण गर्न लागेको मन्त्रालयले जनाएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहाले प्राविधिक टोलीले प्रदेशका १३६ वटै पालिकामा घुम्ती टेस्ट ल्यावमार्फÞत ३ दिनसम्म पालिकाको विभिन्न ठाउँको माटो जाँच गरिने जानकारी दिए।

माटो परीक्षण कार्यक्रम पालिकाको समन्वयमा गर्नुपर्ने भएकोले पालिका प्रमुखहरूलाई सहयोग गर्न मन्त्रालयले आग्रह समेत गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .