धनुषाको धनुषाधाम नगरपालिका-९, क्वाटर टोलमा छिमेकीको कुटपिटबाट १२ वर्षीया बालिकाको ज्यान गएको छ।
लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई शुक्रबार बिहान पक्राउ गरेको छ।
गत वैशाख २७ गते ललिताले आफ्नै फुपुको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको खबर पाएलगत्तै तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
27
Shares
प्रतिक्रिया