ad ad

मधेस


पर्सामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, ४ व्यक्ति घाइते

पर्सामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, ४ व्यक्ति घाइते

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १३:२०, काठमाडौँ

पर्सामा दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। 

पोखरिया नगरपालिका ९ बैरीयास्थित सडकमा मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना २८ प ९४४३ नम्बरको मोटरसाइकल बिहीबार राति एकआपसमा ठोकिएका हुन्। 

दुर्घटनामा ना २८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका-१९, केहुनियाका २२ वर्षीय इरफान मियाँको मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थान नीलकण्ठ अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मधेस प्रदेश ०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेसनल मेडिकल शिक्षण
अस्पताल वीरगन्ज र ना २८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .