ad ad

मधेस


जसपाको गढमा बज्यो जनमतको हर्न

जसपाको गढमा बज्यो जनमतको हर्न

जयन्त ठाकुर
बैशाख ११, २०८० सोमबार १७:२५, जनकपुरधाम

बारा २ मा भएको उपनिर्वाचनपछि जारी मतगणनाको ताजा रुझान अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा पछाडि परेका छन्। 

जसपा अध्यक्ष यादव जनमत पार्टीका उम्मेदवार कुशवाहाभन्दा ७७ मतले पछाडि परेका छन्। ताजा मतपरिणाम अनुसार कुशवाहाले १ हजार ३४९ मत ल्याएका छन् भने जसपा अध्यक्ष यादव १ हजार २७७ मत ल्याएर पछ्याई रहेका छन्। 

गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा जसपाका उम्मेदवार रामसहाय यादव निर्वाचित भएका थिए। यादवलाई एमालेको सहयोग समेत रहेको थियो। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते बारा २ मा उपनिर्वाचन भएको हो। 

बारा २ को मतगणना अहिले करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिकाबाट शुरु गरिएको हो। दुवै गाउँपालिकामा जसपाको मजबुत पकड रहेको क्षेत्र हो।

करैयामाई गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षमा जसपाले जित निकालेको थियो भने सुवर्ण गाउँपालिकाको अध्यक्षमा गठबन्धनकै प्रमुख घटक दल नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका थिए।

करैयामाईको ३ वटा वडामा जसपाले जित निकालेको थियो भने कांग्रेसले २ वटा वडामा जित निकालेको थियो। एउटा वडामा माओवादी केन्द्रले १ र एमालेले २ वटा वडामा जित निकालेको थियो।

करैयामाई गाउँपालिकाको ३ वटा वडामा मात्रै उम्मेदवार खडा गरेको थियो। जसमध्ये २ वटा वडामा जनमतको उम्मेदवारहरुको जमानत नै जफ्त भएको थियो। 

सुवर्ण गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए भने ८ वटै वडामा गठबन्धन दलकै उम्मेदवारहरुले वडाध्यक्षमा जित निकालेका थिए। जसमध्ये जसपा र कांग्रेसले ३/३ र २ वटा वडामा माओवादी केन्द्रले जित निकालेको थियो।

जनमतले ८ वटै वडामा उम्मेदवार खडा गरेपनि ७ वटा वडामा जमानत जफत भएको थियो। 

यद्यपि जसपा वा गठबन्धनमा आवद्ध दलहरुको पकड रहेको वडाबाटै मतगणना शुरु भएपनि शिवचन्द्रले जनमतका लागि हर्न बजाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .