राजनीति


कांग्रेस नेता शंकर भण्डारीको वडाबाटै स्वर्णिमलाई दोब्बर मत

कांग्रेस नेता शंकर भण्डारीको वडाबाटै स्वर्णिमलाई दोब्बर मत

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १७:४१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको वडामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कांग्रेसभन्दा झण्डै दोब्बर मत पाएको छ। 

मंसिर ४ मा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत भण्डारीको वडा भानु नगरपालिका–९ मा रास्वपाले कांग्रेसभन्दा झण्डै दोब्बर मत पाएको हो। 

उनको वडामा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले ८१४ मत पाउँदा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ४५६ मतमा चित्त बुझाउनु परेको छ। 

यहाँ नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ३८६ मत प्राप्त गरेका छन्।

तनहुँ २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भण्डारीको वडामा १ हजार ६८८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

गत स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसका वडाध्यक्षले ९९२ मत ल्याएका थिए।

उक्त निर्वाचनमा एमालेका मीनबहादुर गुरुङ १ हजार ९ मतसहित वडाध्यक्षमा विजयी भएका थिए।

यहँ तेस्रो भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार सूर्यप्रसाद भण्डारीले २० र नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप पाण्डेले १८ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .