जनकपुरधाम उपमहानगरपालिका वडा ११ का वडाअध्यक्ष र सचिव घुस रकमसहित पक्राउ गरिएको छ।
वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुसको रकमसहित एक होटलबाट पक्राउ गरेको हो।
वडाध्यक्ष चौधरी र वडासचिव रायलाई जानकी मन्दिर नजिकै रहेको रोहन होटेलबाट ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
सेवाग्राहीसँग जग्गा दर्ता कायम गर्न सरजमिनका लागि ५० हजार रुपैयाँ घुस माग्दै आइरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटेको टोलीले दुवै जनालाई सो होटेलबाट पक्राउ गरेको हो।
चैत ८, २०७९, बुधबार
प्रतिक्रिया