ad ad

मधेस


जनकपुर साहित्य महोत्सव फागुन ११ देखि १३ गतेसम्म हुने

जनकपुर साहित्य महोत्सव फागुन ११ देखि १३ गतेसम्म हुने

नेपालखबर
फागुन ७, २०७९ आइतबार १७:५०, जनकपुरधाम

जनकपुर साहित्य महोत्सवको चौथो संस्करण जनकपुरधाममा फागुन ११ गतेदेखि फागुन १३ गतेसम्म आयोजना हुन लागेको छ।  

नवमिथिला फाउण्डेशनको आयोजन र फ्याक्ट्स नेपालको प्रमुख प्रायोजनमा ३ दिनसम्म ‘जनकपुर साहित्य महोत्सव–२०२३’ चल्ने छ। 

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा भाषा, साहित्य, संस्कृति, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा सेसनको आयोजना हुने आयोजक नवमिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए। 

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक लगायतको सहभागिता रहने उनले बताए। महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरूको सहभागिता रहने समेत उनले जानकारी दिए। 

साहित्य महोत्सवको उद्घाटन सत्र फागुन ११ गते दिउँसो २ः३० बजेदेखि जानकीमन्दिर परिसरमा हुनेछ। कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादव र विशेष अतिथी मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव रहने छन्। 

साहित्य महोत्सवको पहिलो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ र डा विजयकुमार सिंह (दनुवार)ले प्रबुद्ध मन्तव्य दिने छन्। 

महोत्सवमा ‘समावेशिताः परिकल्पना र अभ्यास’, ’अपन समाजके घुइरक तकलापर’, ’घेघ बनल घोघ’ (घुंघट), ‘युवाः संस्कार र परिष्कार’, ’शहिद दिलिप महतोके मोन पाडैत’, ‘सञ्जालको बवाल’, ‘राजनीतिः अभियान आ अवसर’, ‘सम्झनामा प्रदीप दाई’, ’हामीले गुमाएको खेलकुद’ र विभिन्न अन्य विधालाई समेट्दै २० भन्दा बढि सत्रहरू रहने बताइएको छ। 

सत्रहरूमा वक्ता र सहजकर्ताको रुपमा स्थानीयदेखि राष्ट्रियस्तरका व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ। 

उद्घाटन समारोहका दिन ‘अमित झा साहित्य संगीत पुरस्कार’ वितरण गर्नुका साथै अन्तरविद्यालय वक्तृत्व प्रतियोगिताको निर्णायक प्रतिस्पर्धा र संगीत सन्ध्यामा (कुटुम्ब र मिनाप) को सांगीतिक प्रस्तुती हुनेछ। 

किताबको लोकार्पणदेखि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुती पनि महोत्सवमा समेटिएको छ भने महोत्सवको अन्तिम दिन फागुन १३ गते भारतका चर्चित गायिका मैथिलि ठाकुरले पनि साङ्गितिक प्रस्तुती दिने भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .