ad ad

मधेस


महोत्तरी घर भई काठमाडौँ बस्ने चिकित्सक यादव ५ महिनादेखि बेपत्ता

महोत्तरी घर भई काठमाडौँ बस्ने चिकित्सक यादव ५ महिनादेखि बेपत्ता

नेपालखबर
भदौ २७, २०८१ बिहिबार ९:५५, काठमाडौँ

महोत्तरीको भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता छन्।

काठमाडौँमा बस्ने उनी कामको सिलसिलामा जनकपुर पुगेपछि सम्पर्कविहीन भएको भन्दै उनको खोजीका लागि परिवारले स्थानीय प्रशासनसमक्ष हारगुहार गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा गरेका थिए। 

सोही दिन दिउँसो ३ बजेदेखि उनको मोबाइल बन्द भएको उनकी श्रीमतीले बताएकी छन्। 

प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ। रासस
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .