ad ad

मधेस


माओवादी सामेल भएसँगै मधेश सरकारले पायो पूर्णता

माओवादी सामेल भएसँगै मधेश सरकारले पायो पूर्णता

नेपालखबर
माघ २४, २०७९ मंगलबार १४:२३, जनकपुरधाम

माओवादी केन्द्र सहभागी भएसँगै मधेश सरकार मन्त्रिपरिषदले पूर्णता पाएको छ। माओवादी केन्द्रबाट सुनिता यादवले मन्त्री र रहबर अन्सारीले राज्यमन्त्री पदको शपथ लिएका छन्।

यादवले उद्योग, पर्यटन तथा वन मन्त्री र अन्सारीले उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीको शपथ लिएका छन्।

सुनिता धनुषाबाट समानुपातिक प्रदेससभा सदस्य हुन् भने अन्सारी पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को (क)बाट निर्वाचित प्रदेससभा सदस्य हुन्।

मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्र र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

यसअघि मुख्यमन्त्री सरोज यादवले गत पुस २९ गते तीनजना मन्त्री शपथ लिएका थिए भने गत माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सरकारमा शामिल गराएर मन्त्रीमण्डल विस्तार गरेका थिए। 

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र ४ राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीमण्डल बनेको छ। मधेश सरकारमा एमाले, जसपा, जनमत र माओवादी केन्द्र सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .