मधेस


सर्लाहीमा रूखबाट लड्दा वृद्धको मृत्यु

सर्लाहीमा रूखबाट लड्दा वृद्धको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार ६:४०, सर्लाही

सर्लाहीको उत्तरी चुरेक्षेत्रमा पर्ने नारायणखोलामा रूखबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ। घाँस काट्न रूखमा चढेका लालबन्दी नगरपालिका–१४, नारायणखोला नौबिघाका करिब ५५ वर्षीय रामबहादुर स्याङ्बाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए। 

पानीमा डुबेर मृत्यु 
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बत्तिसआरडीस्थित सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको पानीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय् खोजीमा लागेका थिए। बेपत्ता भएको करिब २ घण्टापछि एक किलोमिटर टाढा सेरेचौक नजिक शव भेटिएको थियो। शवपरीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad