ad ad

मधेस


मधेश प्रदेशसभाको बैठक बस्दै, सभामुख र उपसभामुखको निर्वाचन मिति तोकिने

मधेश प्रदेशसभाको बैठक बस्दै, सभामुख र उपसभामुखको निर्वाचन मिति तोकिने

फाइल तस्बिर।


नेपालखबर
पुस १८, २०७९ सोमबार १०:२२, जनकपुरधाम

मधेश प्रदेशको प्रदेशसभाको बैठक बस्दै छ। नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथग्रहण पछि प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम सोमबार दिउँसो १ बजेका लागि प्रदेश प्रमुख हरिशंकर मिश्रले अधिवेशन आह्वान गरेका हुन्।

सोमबारको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र प्रदेशसभा सदस्यहरुलाई पढेर सुनाउने पहिलो कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

यसका साथै नयाँ प्रदेशसभा नियमावली नबनेसम्मका लागि पुरानै नियमावलीलाई अनुमोदन गर्ने कार्यसूची रहेको उनले बताए। उनका अनुसार प्रदेशसभाको बैठकमा सभामुखको चुनाव नभएसम्मका लागि अध्यक्ष मण्डल चयन गरिनेछ। प्रत्येक दलको प्रतिनिधित्व हुने गरी अध्यक्ष मण्डल बनाइने उनले बताए।

त्यस्तै प्रत्येक दलबाट संसदीय दलको नेता वा प्रतिनिधिले शुभकामना मन्तव्य राख्ने कार्यसूचि रहेको छ। सोमबारकै बैठकबाट सभामुख र उपसभामुख चयनका लागि मनोनयन दर्ताको मिति तोकिने कार्यसूची रहेको सचिव यादवले बताए।

मधेश प्रदेशमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गरिने छ। प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .