ad ad

मधेस


मधेश प्रदेश : सभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता हुने

मधेश प्रदेश : सभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता हुने

फाइल।


नेपालखबर
पुस १६, २०७९ शनिबार १८:२१, जनकपुरधाम

मधेश प्रदेशमा सभामुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता हुने भएको छ।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेसँगै शनिबार बसेको सर्वदलीय बैठकबाट पुस ३० गते सभामुख चयनका लागि मनोनयन दर्ता गर्ने सहमति भएको हो।

बैठकमा सभामुख र उपसभासमुख चयनका लागि पुस ३० गते मनोनयन दर्ता गर्ने र माघ २ गते उम्मेदवारीको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने निर्णय गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस १८ गतेका लागि प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेपछि कार्यसुचिबारे समेत सर्वदलीय छलफल भएको उनले बताए। 

बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने दलहरुको तर्फवाट शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सदस्यहरुको नामावली सफारिस गरिएको छ।

प्रदेशसभा सदस्यहरुले शपथग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने कानूनी प्रक्रिया छ।

मधेश प्रदेशसभाले नयाँ सभामुख नपाएसम्म सप्तरी–४ ‘क’ बाट निर्वाचित ज्येष्ठ सदस्य गोवीन्द बहादुर न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .