मधेस


सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सर्लाहीमा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १५:१२, काठमाडौँ

सर्लाहीको हरिवमा आगो ताप्नेक्रममा जलेर एकजनाको मृत्यु भएको छ।

हरिवन नगरपालिका–३ स्थित तुलसी हुमागाईले संचालन गरेको चिरान मिलमा आगो ताप्ने क्रममा जलेर सोही ठाउँकी ५५ वर्षीया गोरीमाया रखालको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गोरीमायाका पति टिकाराम रखाल सोही चिरान मिलमा कामदार छन्। उनी पतिले काम गरेको ठाउँमा गएर आगो ताप्ने क्रममा घटना भएको हो।

बिहीबार बिहान मिलभित्र आगो तापिरहेको अबस्थामा अचानक शरीरको कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिइन्।

तत्कालै उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उपचारको क्रममा दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए। गोरीमायाको शव अहिले अस्पतालमै छ।

बिहीबार बिहानदेखि तराईका जिल्लामा बाक्लो हुस्सु लाग्दा चिसो अत्यधिक बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .