अपराध


मकवानपुरमा महिलाको शव भेटियो, तालिम प्राप्त कुकुरसहित अनुसन्धान गर्दै प्रहरी

मकवानपुरमा महिलाको शव भेटियो, तालिम प्राप्त कुकुरसहित अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १८:१०, मकवानपुर

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साँझ एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। उक्त शव इन्द्रसरोवर–३, ज्यामिरे बस्ने अन्दाजी ३५ वर्षीया सरस्वती वाइवाको रहेको इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताइन्। 

उनका अनुसार मृतक वाइवाको शव शनिबार साँझ टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको भनी सूचना आएपछि आज बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। 

ती महिलाको हत्या भएको आशङ्का गरिएको छ। हाल घटनास्थलमा तालिम प्राप्त कुकुरसहित इलाका प्रहरी कार्यालय भीमफेदीको टोली, इन्द्रसरोवर प्रहरी र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अनुसन्धान गरिरहेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .