ad ad

मधेस


छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

छोरीलाई स्वतन्त्र उम्मेदवार उठाएका शिवपुजन माओवादीबाट निष्काशित

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १९:४७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले सर्लाहीका नेता शिवपुजन यादवलाई पार्टीबाट निष्काशन गरेको छ। 

माओवादी मधेश प्रदेश इन्चार्ज गणेश साहले बिहीबार विज्ञप्ति प्रकाशित गरी यादवलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जनाएका छन्। 

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको नारा सहित २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको विरुद्धमा एवम् गठबन्धन दलबीच सहमति बनेका गठबन्धन दलका अधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी आफनी छोरीलाई प्रतिनिधि सभामा, भतिजो र अन्य सदस्यलाई प्रदेश सभामा पार्टीसँग गरेका बाचालाई समेत ख्याल नगरी आफ्नै मनोपोली ढंगले पार्टीको निर्णय विपरीत कार्यहरु गरी प्रचार प्रसारमा संलग्न भएको’ विज्ञप्तिमा जनाइएको छ।

साथै ‘माओवादी केन्द्रले सार्वजनिक रुपमा उम्मेदवारी फिर्ता लिन गरेको अनुरोधलाई वेवास्ता गरेको र मधेश प्रदेशले सोधेको २४ घण्टे स्पष्टीकरणको कुनै जवाफ नदिएको भन्दै पार्टी विधानबाट निष्काशन गरिएको शाहले बताएका छन्।

माओवादीबाट श्रीमतीलाई मधेसी महिला क्लस्टरबाट समानुपातिक उम्मेदवार बनाएका नेता यादवले सर्लाही–४ मा सत्ता गठबन्धनको सहमतिविपरित छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवार बनाएका हुन्। 

यी माओवादी नेता जसले श्रीमतीलाई समानुपातिकमा राखे, छोरीलाई स्वतन्त्र उम्मेदवार बनाए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .