कारोबार


ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

ग्लोबल आईएमई बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

नेपालखबर
मंसिर १, २०७९ बिहिबार २०:२, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न सहज रुपमा कर्जा प्रवाह गर्नेछ। 

आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ। यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुनेछ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे, रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवाल, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जनरल म्यानेजर दिपक थपलिया लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो।  

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले २९२ शाखा, २७० एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .