ad ad

मधेस


मधेश प्रदेश : दशैँ अवधिमै सवारी दुर्घटनामा परेर २८ जनाले ज्यान गुमाए

मधेश प्रदेश : दशैँ अवधिमै सवारी दुर्घटनामा परेर २८ जनाले ज्यान गुमाए

फाइल तस्बिर।


जयन्त ठाकुर
असोज २१, २०७९ शुक्रबार २०:२५, जनकपुरधाम

मधेश प्रदेशमा दसैँ अवधिमै विभिन्न सवारी दुर्घटनामा परेर २८ जनाले ज्यान गुमाएका छन्। 

असोज १५ गतेदेखि २० गतेको अवधिमा मधेशको विभिन्न जिल्लामा १६२ वटा सवारी दुर्घटना हुँदा ३१३ घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिए।

शनिवारदेखि बिहिबारसम्ममा भएको सवारी दुर्घटनामा १५ जना पुरुष, ९ महिला र ४ बालबालिकाको मृत्यु भएको होे।  

यस्तै ३१३ जना घाइते भएका छन्। घाइते हुनेमा २०८ जना पुरुष, ५३ महिला र ५२ बालबालिका रहेका छन्। 

बारामा सबैभन्दा बढी २० जनाले आफ्नो ज्यान गुमाएका छन्। जसमा १० जना पुरुष, ८ जना महिला र २ जना बालबालिका रहेका छन्। बारामा सवारी दुर्घटनामा परेर दशैँ अवधीमै ५० जना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

त्यस्तै रौतहटमा ३, महोत्तरीमा २, सिरहा, धनुषा र सर्लाहीमा १÷१ जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .